दफा २५८
खोटा मुद्रा बनाउने सामान बनाउन, राख्न वा मर्मत गर्न नहुने

(१) खोटा मुद्रा बनाउन वा बनाउने काममा प्रयोग हुन्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई कसैले कुनैऔजार वा अन्य कुनै सामान बनाउन, मर्मत गर्न, खरिद बिक्री गर्न, दिन लिन वा निकासी वा पैठारी गर्न वा आफूसँगराख्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।